Comments Add Comment

संविधान मिचेर गरिने चुनाव अवैधानिक हुन्छ : प्रचण्ड

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने चुनाव अवैधानिक हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेका छन् । यो असंवैधानिक भएको भन्दै परेको १३ वटा रिटमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । साथै नेपाली कांग्रेस, प्रचण्ड-माधव समूह, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल आन्दोलनमा छन् भने नागरिक समाज पनि सडकमा छ ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले कसैलाई सेटिङ अनुसार खुरुखुरु फैसला हुन्छ र जनताले मान्छन् भन्ने लागेको छ भने त्यो भ्रम मात्र हुने बताए । ‘हामीले बुझेको के हो भने संविधान मिचिएको छ, लोकतन्त्रको हत्या गर्ने प्रयास भएको छ । त्यसलाई करेक्सन गर्ने हो’ उनले भने, ‘संविधान मिचिएको मिचिएकै गरेर चुनाव गरियो भने त्यो चुनाव असंवैधानिक हुन्छ, अबैधानिक हुन्छ । यसले समस्याको हल गर्दैन ।’

उनले अघि भने, असंवैधानिक र अलोकतान्त्रिक कदम हुने, अनि त्यसैले गरेको चुनाव बैधानिक हुन्छ ? नेपाली जनताले खुरुखुरु मान्छ ? मान्दैन ।’

यद्यपि सर्वोच्च अदालतले संविधान अनुसार नै फैसला गर्छ भन्ने आफूहरुलाई विश्वास रहेको उनले बताए । गरेन भने के हुन्छ ? भन्ने प्रश्नमा प्रचण्डले अघि भने, ‘त्यो बेला कयामत हुन्छ भनेको छु । बाँकी त्यतिबेला नै भनौंला । तर जे हुन्छ राम्रो हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment