
२३ माघ, प्युठान । प्युठानको सरुमारानीमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
सरूमारानी गाउँपालिका–६ मोतिपुरस्थित सडकमा रा १ ज ८०९ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
शुक्रबार बिहान भएको दुर्घटनामा परी अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमाराका ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
प्युठान प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका १० जनालाई जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4