Comments Add Comment

स्टार क्रिकेट २०२१ : धुर्मुसको टिमलाई हराउँदै सुन्तलीको टिम च्याम्पियन

चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग जुटाउन शनिबार भएको कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको उपाधि सुन्तली ए टिमले जितेको छ ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल सहभागी धुर्मुस ए टिमलाई २ रनले पराजित गर्दै सुन्तली ए टिम च्याम्पियन बनेको हो ।

पहिले ब्याटिङ गर्दै टिम सुन्तली ‘ए’ ले ९७ रन बनाएको थियो । जवाफमा टिम म धुर्मुस ‘ए’ ले निर्धारित १० ओभरको खेलमा ४ विकेटको गुमाएर ९५ रन बनाएको थियो ।

विजयी टिममा कुञ्जना घिमिरे टिम क्याप्टेन रहेकी थिइन् भने टिम र्धुमुस ‘ए’ को कप्तानी सिताराम कट्टेलले गरेका थिए । टिम सुन्तलीका अन्य खेलाडीहरुमा विनोद भण्डारी, सीता राना मगर, इन्दु वर्मा, विवेक सिंह ठकुरी, प्रकाश सपुत, अनिल गुरुङ, बचन कार्की, रामकृष्ण ढकाल, अनुपविक्रम शाही रहेका थिए ।

त्यस्तै प्रतियोगितामा सह विजेता टिम धुर्मुस ‘ए’ का खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, अनिल शाह, सुनिल थापा, प्रमोद खरेल, दयाहाङ राई, रवि ओड, नरेश भट्टराई, सुरक्षा पन्त, सदिना श्रेष्ठ र बेनिशा हमाल रहेका थिए ।

चारवटा टिम सहभागी प्रतियोगितामा भएका दुई खेलमा पहिलो खेलमा टिम धुर्मुस ‘ए’ र टिम सुन्तली ‘ए’ विजयी भएका थिए । दुई टिमबीच दोस्रो चरणमा फाइनल खेल भएको थियो ।

पहिलो खेलमा टिम धुर्मुस ‘ए’ ले धुर्मुस बी टिमलाई ६ रनले पराजित गरेको थियो । टिम ‘ए’ ले ७० रनको टार्गेट दिँदा ‘बी’ ले ६३ रन मात्र बनाएको थियो ।

त्यसैगरी दोस्रो खेलमा टिम सुन्तली ‘ए’ र ‘बी’ बीच भएको खेलमा टिम ए विजयी भएको थियो ।

त्यसअघि मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले र ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्घाटन गरेका हुन् ।

देशका राष्ट्रिय खेलाडी र कलाकारहरुको सहभागिता रहेको खेलको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहाले महानगरले गौरवको आयोजना समयमै पूरा गर्न हर प्रकारको सहयोग गरिरहे बताइन् । उनले यस गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा खेलाडी तथा कलाकारहरूलाई माला लगाएर स्वागत गर्दै विजयको शुभकामना दिएकी थिइन् ।

गृष्मा इभेन्ट म्यानेजमेन्टले खेलको आयोजना र व्यवस्थापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment