Comments Add Comment

क्रोनटोनको पोष्टमा चार गोल गर्दै एसी मिलान शीर्ष स्थानमा

२६ माघ, काठमाडौं । क्रोनटोनलाई पराजित गर्दै एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ ।

ज्लाटन इब्राहिमोभिच र एन्टे रेबिकको दुई दुई गोल मद्दतमा एसी मिलानले क्रोनटोनलाई ४-० ले सहजै पराजित गरेको हो ।

घरेलु मैदानमा इब्राहिमोभिचले खेलको ३०औं र ६४औं मिनटमा गोल गरे । रेबिकले ६९औं र ७०औं मिनेटमा गोल गरे ।

जितपछि २१ खेलबाट ४९ अंक जोड्दै मिलान शीर्ष स्थानमा उक्लेको हो । समान खेलबाट ४७ अंकसहित इन्टर दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment