Comments Add Comment

वक्यौता रकम बुझाउन ११ एयरलाइन्सलाई ३० दिने म्याद

२६ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको छ ।

प्राधिकरणले नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजलाई शुल्क बुझाउन ३० दिने म्याद दिएको हो । यी एयरलाइन्सहरु हाल सन्चालनमा छैनन् ।

प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा लेखिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाई आफ्नो हरहिसाब फरफारक गर्नुहुन तथा उल्लेखित वक्यौता रकम सम्बन्धमा कुनै फरक परेको आधार र प्रमाण भएमा पुष्ट्याइसहित पेश गरी हिसाब मिलान गर्नुहोला ।’

३० दिनभित्र पनि रकम बुझाउन नआएमा सञ्चालक, एकाघरका परिवार र जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको छ । यो कम्पनीले ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रुपैयाँ प्राधिकरणलाई बुझाउनु पर्ने छ ।

यसैगरी कस्मिक एयरको वक्यौता रकम ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment