२७ माघ, काठमाडौं । लिग लिडर एट्लेटिको मड्रिड स्पानिस ला लिगामा सेल्टाभिगोसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लुयस सुआरेजले दुई गोल गरे पनि एट्लेटिकोले सेल्टाभिगोसँग २-२ को बराबरी खेल्दै अक बाँडेको हो ।
खेलको १३औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई पहिले अग्रता दिलाएका थिए । तर ४५औं मिनेटमा सुआरेजले गोल गर्दै पहिलो हाफमै खेल बराबरीमा ल्याए ।
५०औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाएका थिए । एट्लेटिको जित नजिक पुगेका बेला सेल्टाले खेलको अन्त्यतिर बराबरी गोल फर्कायो । खेल सकिन एक मिनेट बाँकी छँदा फकुण्डो फेरेराले सल्टाका लागि बराबरी गोल फर्काउदै अंक खोस्न सहयोग गरे ।
बराबरीपछि एट्लेटिको २१ खेलमा ५१ अंकसहित शीर्ष स्थानमै यथावत छ । एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनासँग ८ अंकको अग्रता बनाएको छ र अझै एक खेल कम खेलेको छ । बार्सिलोनाको २२ खेलबाट ४३ अंक छ ।
२२ खेलबाट २६ अंक रहेको सल्टाभिगोल दशौँ स्थानमा छ ।
प्रतिक्रिया 4