+
+
Shares

बुद्धनगरमा खुल्यो माटो ब्राण्डको आउटलेट

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते ९:१२

२७ माघ, काठमाडौं । नेपाली कृषिजन्य उत्पादनलाई प्रवद्र्धन गर्दै आएको माटो ब्राण्डको नयाँ आउटलेट बुद्धनगरमा सञ्चालनमा आएको छ । मंगलबार आयोजितक एक कार्यक्रमकाबीच गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले आउटलेटको उद्घाटन गरे ।

माटोले यस अघि सानेपा, नारायणथान, कुपण्डोल र गोल्फुटारमा आउटलेटहरु सञ्चालनमा ल्याइसकेको थियो । आउटलेटको उद्घाटन गर्दै उद्योगी गोल्यानले माटो ब्राण्डको स्थापना केवल आन्तरिक उत्पादनलाई उत्थानका लागि मात्र भएको बताए ।

माटोका उत्पादनहरूले तपाईलाई उच्च विश्वव्यापी गुणस्तरताका साथ ल्याउने उनले बताए । ‘आज हामीले नेपाली कृषकहरू र हाम्रा ग्राहकहरूबीचको खाडल पुर्नको लागि हाम्रो अभियानतर्फ एक अर्को कदम चालिसकेका छौं, जहाँ स्थानीय स्रोत, जैविक रूपमा उत्पादन गरिएको ताजा उत्पादन तपाईंको भान्छा सम्म ल्याउछौ’ उनले भने, ‘माटोले स्थानीय सूक्ष्म, साना र मध्यम उद्यमहरूको साथ यसको उत्पादन उच्चतम विश्वव्यापी गुणस्तरको साथ प्रक्रिया गर्न सहयोग गर्दछ ।’

माटो गोल्यान एग्रो प्रालिको एक ब्रान्ड हो । जसले स्थानीय उद्यमीलाई यसको ब्रान्ड एम्बेसडरहरू बन्न प्रोत्साहन गर्ने गरेको छ । यो नयाँ फ्रान्चाइज मोडेलको साथ आत्मनिर्भर बनाउन गोल्यान एग्रोले काम गरिरहेको छ ।

माटोको आगामी दिनमा झम्सिखेल, नक्साल र लाजिम्पाट लगायतका ठाउँमा आउटलेट खोल्ने तयारी गरिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?