Comments Add Comment

एनल फिसर : सामान्य देखिने जटिल समस्याबाट कसरी बच्ने ?

एलन फिसर भन्ने समस्या दिसा गर्ने समयमा हुने समस्या हो । फिसरको दौरान तपाईंको मलद्वारको अन्तमा मांसपेशीहरूमा ऐठनको महसुस हुन सक्छ । फिसर साना बच्चामा धेरै सामान्य स्थिति हुने गर्छ । तर यो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ । फिसरको ज्यादातर समस्याहरू सामान्य उपचारबाट ठीक हुने गर्छ । जस्तो खाद्य पदार्थमा फाइबरको मात्रा धेरै लिनु नै यो समस्याको मुख्य कारण हो । यसलाई नियन्त्रण गर्दा यो समस्या समाधान हुन्छ । फिसरसँग ग्रस्त केही मान्छेलाई मेडिकल सहयोगको आवश्यकता पर्न सक्छ र कहिलेकाहीँ सर्जरी गराउने आवश्यकता समेत पर्ने गर्छ ।

एनल फिसरको प्रकारहरु

फिसर सामान्यतया दुई प्रकारको हुन्छ :

तीव्र प्रकारको – छालाको माथिल्लो सतहमा छेद या दरारलाई एक्युट फिसर भन्ने गरिन्छ ।

दीर्घकालिक – यदि छालाको सतहमा भएको छेद या दरार ठीक छैन भने त्यो समयको साथसाथ क्रोनिक फिसर विकसित हुन लाग्छ ।

एनल फिसरको लक्षण

मलद्वारमा हुने फिसरको लक्षण वा संकेतहरू निम्नानुसार हुन्छन् ।

– दिसा गर्ने समयमा हुने दुखाइ । कहिलेकाहीँ गम्भीर दुखाइ हुनु ।

– मल त्याग गरिसकेपछि हुने दुखाइ जुन कैयौं घण्टासम्म रहन सक्छ ।

–दिसा गरिसकेपछि दिसामा गहिरो रातो रंग देखिनु ।

–मलद्वारको चारैतर्फको छालामा एक किसिमको दरार देख्न सकिन्छ ।

–मलद्वारको फिसरको साथमा छालामा गाँठो या स्क्रिन ट्याग देखिनु ।

एनल फिसरको कारण र जोखिमका कारक

मलद्वार वा मलद्वारको नलीको छालामा क्षति हुनु फिसरको सबैभन्दा सामान्य कारण हुन् । ज्यादा मामलामा त्यो मान्छेलाई हुन्छ जसलाई कब्जियतको समस्या हुन्छ । विशेष रूपबाट जब कठोर वा ठूलो आकारको दिसा मलद्वारको भित्रै रहन्छ । यसले मलद्वार र मलद्वारको नलीमा  नोक्सानी पु¥याउँछ ।

फिसरको अन्य सम्भावित कारणहरूमा निम्न लक्षण सामेल हुन्छन्

–लगातार डायरिया हुनु ।

–इन्फ्लेमेटरी बाउल डिजिज, जस्तो क्रोहन रोग अल्सरेटिव कोलाइटिस ।

–लामो समयसम्म कब्जियत रहनु ।

–कहिलेकाहीँ यौनमा सञ्चारित संक्रमण, जस्तो कि सिफिलिस या हर्पिस, जुन मलद्वार वा नलिकालाई संक्रमित वा नोक्सानी पुग्न सक्छ ।

जोखिमका कारकहरु

बालापन – कैयौं शिशुहरुलाई उनीहरुको जीवनको पहिलो वर्षमा नै एनल फिसर हुन सक्छ ।

उमेर बढ्नु – वृद्ध मानिमा रक्तसञ्चार बिस्तारै हुने गर्छ । जसबाट उनीहरुको मलद्वारमा रक्तप्रवाहमा कमी आउने गर्छ । जुन कारणले उनीहरुमा आंशिक रूपबाट  फिसरको समस्या विकसित हुन सक्छ ।

–गर्भावस्था र प्रसवको पीडा

–फाइबरयुक्त आहारको सेवन कम गर्नु

–मलद्वार वा मलाशयमा दुखाइ हुनु ।

–मलाशयमा हुने क्यान्सर आदि ।

एनल फिसरबाट बच्ने तरिका

तपाईं कब्जियतको रोकथाम गरेर एनल फिसरको जोखिमलाई कम गर्न सकिन्छ । यदि पहिले कहिल्यै तपाईंको फिसरको समस्या भएको छ भने सबैभन्दा पहिले कब्जियतको रोकथाम गर्नु जरुरी कुरा हो ।

कब्जियतको रोकथामको लागि निम्न काम गर्न सकिन्छ ।

–यसको लागि सन्तुलित आहार खानुपर्छ, जसमा राम्रो मात्रामा फाइबर युक्त फलहरु खानु आवश्यक हुन्छ ।

–पर्याप्त मात्रामा तरल पदार्थ पिउनुपर्छ ।

–नियमित रूपले व्यायाम गरिरहनुपर्छ ।

–मदिरा वा कफिनयुक्त पदार्थहरू (चिया वा कफी)को सेवन गर्नुहोस् ।

पाचन तथा आँतको स्वास्थ्यको बनाइराख्नको लागि यो सबै राम्रो कुरा हो । जुन कब्जियतको रोकथाम गर्नको लागि मद्दत हुने गर्छ । यो महत्वपूर्ण कुरा यो हो कि तपाईं मलत्याग गरिसकेपछि आफ्नो मलद्वारलाई बिस्तारैबिस्तारै पुछ्नुहोस् ।

जब शौचालय जानको लागि मन लाग्छ, त्यस्तो अवस्थामा यो विषयलाई बेवास्ता गर्नु हुँदैन । ट्वाइलेटमा धेरै ढिला नगरी अधिक जोड लगाउनु हुँदैन । यस्तो गर्दा मलद्वारको नलिकामा दबाब बढिरहन्छ । यसबारेमा डाक्टरलाई बताउनुपर्छ ।

एनल फिसरको उपचार

ज्यादातर अल्पकालिक फिसर ४ देखि ६ सप्ताहमा घरेलु उपचारको द्वारा ठीक गर्न सकिन्छ । मल त्याग गर्ने क्रममा हुनेवाला मलद्वारको दुखाइले समेत उपचार सुरु भएको केही दिनपछि ठीक हुने गर्छ ।

फिसरलाई ठीक गर्ने केही उपायहरू निम्नानुसार छन्

–धेरै मात्रामा तरल पदार्थ पिउनुहोस् ।

–दैनिक थोरै भए पनि व्यायाम गर्नुहोस् ।

–फाइबरवाला सप्लिमेन्ट लिनुहोस् ।

–दैनिक मल त्याग गर्नको लागि एकै समय निर्धारित गर्नुपर्छ ।

–आहारमा फल सब्जीहरू नियमित खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment