+
+
Shares

राष्ट्रपतिबारे बोल्न पाइन्छ : कांग्रेस नेता घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १६:०५

२९ माघ, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले राष्ट्रपति विद्या भण्डारीका बारेमा बोल्न पाइने बताएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सहायक भएर काम गर्न खोजेको भन्दै घिमिरेले उनका बारेमा टिप्पणी गर्न पाइने बताएका हुन् ।

पहिलो राष्ट्रपतिको बारेमा पनि सार्वजनिक टिप्पणी भएको नेता घिमिरेले बताए । राष्ट्रपति भण्डारीबारे टिप्पणी गरेको आरोपमा बिहीबार नै नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा उनले अदालतलाई बालुवाटार मातहत राख्न खोजिएको टिप्पणी गरे ।

घिमिरेले प्रधानमन्त्रीको गल्ती अदालतले सच्याउनुपर्ने पनि बताए । ‘हाम्रो अन्तिम आश गर्ने ठाउँ अदालत हो’  उनले भने, ‘अदालतलाई पर्खिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?