+
+
Shares

रामकुमारीलाई साँझसम्म रिहा नगरे आन्दोलनमा जाने अनेरास्ववियुको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १८:०९

काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को विद्यार्थी संगठन अनेरास्ववियुले गिरफ्तारीमा परेकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै रिहाइको लागि बिहीबार साँझसम्मको अल्टिमेटम दिएको हो ।

विज्ञप्तिमा अनेरास्ववियुले तत्काल रिहा नगरे ३० गतेदेखि सरकारी गाडी गुड्न नदिने र हड्तालसम्मका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिएको छ ।

विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने नेतृ झाँक्रीको गिरफ्तारीले निरंकुश र फासिस्ट सरकारको प्रतिगामी सोच झनै उदाङ्गो भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?