२९ माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिगमा सातौं जित हात पारेको छ । लिग अन्तर्गत बिहीबार भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७-० ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले पहिलो हाफमा पाँच र दोस्रो हाफमा दुई गोल गर्यो । आर्मीको जितमा शर्मिला थापा र विमला विकले दुई-दुई गोल गरिन् भने रश्मी घिसिङ, सपना लामा र विमला चौधरीले एक-एक गोल गरिन् ।
पहिलो चरणमा पनि आर्मीले विराटनगरलाई ७-० ले नै पराजित गरेको थियो ।
जितपछि ९ खेलबाट २२ अंक जोडेर आर्मी दोस्रो स्थानमा छ, आर्मीले शीर्ष स्थानको एपीएफसंग अंक दूरी २ मा घटाएको छ । एक खेल कम खेलेको एपीएको २४ अंक छ ।
प्रतिक्रिया 4