 
																			२९ माघ, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औं वार्षिक महोत्सवको अवसरमा बिहीबार मन्देकाजीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यान्ही चिह्न प्रदान गरे ।
गत वर्ष नेपालमा भएको १३ औं सागमा करातेको एकल र टिम कातामा स्वर्ण जितेका मन्देले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए ।
गत वर्ष बंगलादेशमा सम्पन्न करातेको साफ च्याम्पियनसिपमा मन्देकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए ।
बढुवा भएपछि मन्देले सामाजिक सञ्जालमा आगामी दिनमा देश र संगठनको नाथ थप उचो बनाउने हदसला मिलेको लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4