३० माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकालाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा शुक्रबार भएको एक मात्र खेलमा पुलिसले चन्द्रपुरलाई ३-० ले पराजित गरेको हो ।
जितपछि पुलिसले लिगमा शीर्ष तीनमा पर्ने सम्भावना कायमै राखेको छ । पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले एक-एक गोल गरिन् ।
खेलको सातौं मिनेटमा सिर्जनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । निर्मलाले ५४ औं र रेखाले ८५ औं मिनेटमा गोल गर्दै पुलिसलाई सहज जित दिलाए ।
जितपछि पुलिसले ९ खेलबाट वालिङ नगरपालिका समान १४ अंक जोडेको छ । तर गोलअन्तरमा वालिङ तेस्रो र पुलिस चौथो स्थानमा छ । ६ अंक रहेको चन्द्रपुर छैटौं स्थानमा छ ।
प्रतिक्रिया 4