Comments Add Comment

टाइगर कप भलिबल : महिलातर्फ न्यू डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

३० माघ, पोखरा । न्यू डायमण्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली एपीएफ पोखरामा भइरहेको प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

चार टिम सहभागी प्रतियोगिताको अन्तिम लिग खेलमा न्यू डायमण्डलाई ३-० को सेटमा पराजित गरेपछि एपीएफ शीर्ष दुईमा रहँदै फाइनल पुगेको हो । एपीएफले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसंग खेल्नेछ ।

लिग चरणको खेल सकिँदा एपीएफ र न्यू डायमन्ड दुबैले ३ खेलबाट समान ५ अंक जोडे । तर समान अंक भएपनि जितेको सेटको आधारमा एपीएफ अघि रहँदै फाइनल पुगेको प्रतियोगिताको रेफ्री कोअर्डिनेटर तथा एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापा मगरले जानकारी दिए ।

पोखरा रंगशालको भलिबल कोर्टमा शुक्रबार भएको खेलमा एपीएफले डायमण्डलाई २५-२,१ २५-२१, २५-२३ ले पराजित गरेको हो । पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजित भएको एपीएफले रोमाञ्चक दोस्रो खेलमा आर्मीलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

अन्तिम खेलअघि अपराजित रहेको डायमण्डलाई पराजित गर्दै एपीएफले पुलिससंग फाइनल भेट पक्का गरेको हो । पुलिसले ३ मध्ये २ खेल जित्दै ६ अंक जोडेर यसअघि नै फाइनल पुगिसकेको छ ।

यस्तै पुरुषतर्फ स्थानीय टोली गण्डकी प्रदेश र आर्मी फाइनलमा पुगेका छन् । दुवै फाइनल खेल शनिबार हुनेछ । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, दोस्रोले ७५ हजार तथा तेस्रोले नगद ३५ हजार प्राप्त गर्ने छ । चौथोले १५ हजार सान्त्वना पुरस्कार पाउनेछन् ।

यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले २०-२० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले ५-५ हजार नगद प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment