Comments Add Comment

दीपेश र जेशिकालाई प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टनको उपाधि

२ फागुन, चितवन । एपीएफका दीपेश धामी र जेसिका गुरुङले चितवनमा सम्पन्न भएको योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

धामीले पुरुष एकलमा एपीएफकै प्रिन्स दाहाललाई र जेशसिकाले महिला एकलमा नेपाली सेनाकी रशिला महर्जनलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

पुरुष एकल निकैनै प्रतिस्पर्धी खेलमा धामीले दाहाललाई २१-१९, २२-२० पराजित गर्न सफल भए ।

जितपछि धामीले हालै सिरहाको गोलबजारमा भएको १० औं पुष्पलाल स्मृती र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा व्यहोरेको हारको बदला समेत लिएका छन् । उक्त प्रतियोगितामा धामी प्रिन्ससँग फाईनलमा पराजित भएका थिए ।

चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिलातर्फ एपिएफकी जेशिका गुरुङले प्रतिस्पर्धात्मक खेलमा रशिला महर्जनलाई २-१ को सेटमा हराइन् । जेशिकाले जित निकाल्ने क्रममा रशिलालाई २१-१८, १७-२१, २१-१७ ले पराजित गरिन् ।

महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गरे । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गरे । यसैगरि बिजयी सवैले ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरे ।

राष्ट्रिय २० बरियता भित्रका खेलाडीहरुको विच भएको पुरुष युगल तर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङको जोडीले उपाधि जिते । फाइनलमा नविन र रत्नको जोडीले एपिएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१-११, २१-१५ ले पराजित गर्दै आफ्नो साख जोगाए । करिब ४० लाख लागत रहेको प्रतियोगितामा विजयी खेलाडीहरुले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८-८ हजार प्राप्त गरे ।

शीर्ष २० वरीयता बाहिर सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा बिजयी भएका छन् । महर्जन र लिनथेपको जोडीले फाईनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१-१५, २१-१९ ले पराजित गर्दै राष्ट्रिय २० बरियता बाहेकका खेलाडीहरुका बिच भएको प्रतिस्पर्धाको ट्रफी उचालेका हुन् ।

बिजयी खेलाडीहरुले ५० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपवजेता खेलाडीहरुले २५ हजार र तेश्रो हुनेले दुई जोडीले ७ -७ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

ब्वाईज यु १७ तर्फको खेलमा सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१-१७, २१-१६ ले पराजित गर्दै उपाधि उचाले । गर्ल्सतर्फ भने सेनाकी रशिला महर्जनले जित हात पार्दै उपाधि कब्जा गरिन् ।

उनले कैलालीकी प्राथना देउवालाई २१-१५, २१-१० ले पराजित गरिन् । विजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गरे । उपविजेता खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ५-५ हजार प्राप्त गरे । यसका साथै खेलाडीहरुले मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यस्तै ५५ बर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धी चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधि चुमे । चौधरी र श्रेष्ठको जोडीले बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडी लाई १२-२१, २१-१५, २१-१४ ले पराजित गरे । बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गरे । उपबिजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ५-५ हजार प्राप्त गरे ।

पुरुष ४५ वर्षमाथिको प्रतिस्पर्धामा पिस एफसीका पूर्णहरि होना र संजय कपालीको जोडीले विजय पाए । होना र कपालीको जोडीले कैलालीका वीरेन्द्र सिंह बिष्ट र बाँकेका अनिल लाखेको जोडीलाई २१-१३, २१-१४ ले पराजित गर्दै उपाधि उचालेका हुन् । बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गरे । उपविजेता  खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ५-५ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई राखेप सदस्य चन्द्र बदना राई, पूर्वराखेप सदस्य हरकसिंह धामी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष जी नारायण क्षेत्री, सदस्य जीवन गिरी लगायतले पुरस्कार वितरण गरेका थिए ।

एनआरएन खेलाडीहरु सम्मानित

दुवईबाट योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन आएका दुवई एनआरएन खेलाडी द्वय सानिया चन्द र साहिल चन्दलाई आयोजकले सम्मान गरेको छ । खेलाडी द्वयलाई राखेप पूर्वसदस्य हरकसिंह धामीले खादा तथा प्रमाण पत्रबाट सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment