Comments Add Comment

आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : नेकपाको विवाद हल नगरी चुनाव हुन्छ ?

२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नगरी कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ ।

आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको थियो । छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको बताए ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै फुटेको नेकपाको दुबै समूहले आफ्नो समूहको निर्णय राजनीतिक दलसम्बन्धी किताबमा अद्यावधिक गर्न आयोगलाई आग्रह गरेका थिए, तर आयोगले ११ माघमा दुबैको दाबीलाई मान्यता नदिने निर्णय ग¥यो । त्यसलाई नै आधार मानेर आफूहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिएको भन्दै नेता पोखरेलले भने, ‘दलको ६४ प्रतिशत मत भएको दलबारे टुंगो नगरी कहाँ गएर चुनाव गर्नुहुन्छ भनेर सोधेका छौं । उहाँहरुले जवाफ दिन्छौं भन्नु भएको छ ।’

आयोग सरकारको लाचार छाया नबनोस् भनेर आफूहरुले भनेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment