+

विराट गोल्डकप चैत २५ गतेदेखि

२०७७ फागुन  २ गते १७:२४ २०७७ फागुन २ गते १७:२४
विराट गोल्डकप चैत २५ गतेदेखि

२ फागुन, विराटनगर । आगामी चैत अन्तिम साताबाट विराटनगरमा विराट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । औद्योगिक नगरीको पहिचान बनाएको विराटनगरमा चैत २५ गतेबाट प्रतियोगिता आयोजना गरिने भएको हो ।

प्रदेश १ को राजधानी विराटनगरस्थित शहीद रंगशालामा प्रतियोगिता २०७८ वैशाख ४ गतेसम्म सञ्चालन हुने छ । २०७४ चैतमा दिवा तथा रात्रीकालीन (डे–नाइट) प्रतियोगितापछि विराट गोल्डकप २०७५ र ०७६ सालमा दुई वर्षसम्म आयोजना हुन सकेन ।

आगामी चैत २५ गतेबाट डे–नाइट रुपमा प्रतियोगिता गरिनेछ । शहीद रंगशालामा फ्लड लाइट जडान भएका कारण प्रतियोगिता डे–नाइट रुपमा गर्न लागिएको हो । प्रदेश सरकारले करिब ४ करोड लगानीमा रंगशालामा फ्लड लाइट जडान गरेको छ ।

विराट गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय