+

लाजियोलाई हराउँदै इन्टर शीर्ष स्थानमा

२०७७ फागुन  ३ गते ९:२२ २०७७ फागुन ३ गते ९:२२
लाजियोलाई हराउँदै इन्टर शीर्ष स्थानमा

३ फागुन, काठमाडौं । रोमेलु लुकाकुको दुई गोल मद्दतमा लिजयोलाई ३-१ ले पराजित गर्द इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदानमा भएको खेलमा लाउटारो मार्टिनेजले एक गोल थपे ।

एसी मिलान स्पेजिअसँग पराजित भएको फाइदा उठाउँदै इन्टर शीर्ष स्थानमा पुगेको हो । इन्टरले एसी मिलानमाथि १ अंकको अग्रता बनाएको छ ।

खेलको २२औं मिनेटममा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

६१औं मिनेटमा लाजियोका सर्जेइ मिलिनकोभिक साभिकले गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर ६४औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित पक्का गरे ।

२२ खेलबाट ५० अंक जोड्दै इन्टर शीर्ष स्थानमा उक्लेको हो । समान खेलबा६ ४९ अंक रहेको एसी मिलान दोस्रो स्थानमा झरेको छ ।

यस्तै उडिनेसीलाई ३-० ले पराजित गर्दै रोमा तेस्रो स्थानमा उक्लेको छ । रोमाको २२ खेलबाट ४३ अंक छ । रोमाको लागि जोर्डन भेरेटाउटले दुई तथा पेड्रो रोड्रिगेजले एक गोल गरे ।

इन्टर मिलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय