+
+
Shares

गृहमन्त्रीको राजीनामा माग्दै दाङमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते ९:२६

३ फागुन, दाङ । महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा (बादल) को राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सन्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

बालिका र महिलामाथि भैरहेका जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको उल्लेख गर्दै उनीहरुले आइतबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई जोगाउने सबैलाई समेत दण्डित गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन गर्न, शून्य सहनशीलताको नीतिलाई नागरिकले अनुभूति गर्नेगरी व्यवहारतः लागू गर्न, बलात्कारको कसूर गर्नेलाई सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था गर्न, बलात्कारका अपराधमा देखिएको फितलो अनुसन्धान, असंवेदनशील कार्यशैली, घटनालाई हलुका रुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गर्न माग गरिएको छ ।

बलात्कार पीडितको न्यायका लागि ज्ञापनपत्र बुझाउन जानुअघि घोराहीको तुलसीपुर चोकबाट र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरुले सरकारको विरोधस्वरुप कालो कपडा लगाएका थिए । उनीहरुले ‘महिला हिंसा बन्द गर’, ‘महिला हिंसाविरुद्ध एक होऔं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

महिला मानव अधिकार रक्षक सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नागरिक समाज दाङ, मानव अधिकार सञ्जालको अगुवाइमा भएको खबरदारी र्‍यालीमा पत्रकार महिला मञ्च, महिला पुनस्र्थापना केन्द्र (ओरेक), सक्षम महिला सामदायिक संस्था, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), स्वच्छ नेपाल, मेचीकाली संयुक्त बुहारी आवाज र दाङ महिला जेसीजले ऐक्यबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?