+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ओलीले संविधानलाई नै खतरामा पारे : निधि

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १७:२४

३ फागुन, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खतरामा पार्न खोजेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा सप्तरीले सदरमुकाम राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै निधिले भने, ‘संसद् विघटन गरेर ओलीले संविधानमाथि प्रहार गर्नुभएको छ । संविधान जोगाउन दुई विकल्प मात्रै बाँकी छ ।’

‘जनताले चुनावमा मत हालेर संसदको गठन गर्न सक्छ,’ उनले भने, ‘त्योभन्दा अगाडि अदालतले सटकट तरिकाले पुनर्स्थापना पनि गर्न सक्छ ।”

पुनर्स्थापना भए ठीक हुने, तर चुनाव भएपनि कांग्रेस पछाडि नहट्ने उनले बताए ।

कांग्रेसका सप्तरी सभापति दिनेश कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता प्रदर्शन गर्दै संसद् विघटन गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?