+
+

सैनिक ज्यादतीको विरोधमा म्यानमारका नागरिकले थाले रात्रि गस्ती

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते ९:१०

४ फागुन, काठमाडौं । म्यानमारमा सैनिक शासनको विरोधमा रहेका नागरिकहरुले रातभर गस्ती गर्न थालेका छन् । सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिने उद्देश्यले नागरिकहरूले गस्ती थालेका हुन् ।

स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको आङ साङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका छन् ।

सेनाले स्टेट काउन्सिलर सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उनको सरकारलाई हटाएपछि बनेको सेनाको निकट मानिने सैनिक जुन्ता समूहको सरकारले सयौं मानिसहरूलाई बन्दी बनाएको छ । सरकारको कदमविरूद्ध सडकमा नागरिक अवज्ञा अभियानलाई रोक्न सेनाले सहर तथा गाउँमा प्रवेश गरी प्रभावशाली व्यक्तिहरुलाई पक्राउ गर्न थालेको छ । सेनाको यस कदमलाई त्यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन गरेको छ ।

प्रतिक्रियावरूप म्यानमारका समुदायहरूबाट रातको समयमा नेता तथा कार्यकर्ताको गिरफ्तार हुन नदिनको लागि विभिन्न समूहहरू बनाएर गस्ती बढाएका छन् ।

‘हामी अवश्य पनि डराएका छौं किनकि उनीहरू सशस्त्र छन् तर हामी हरेक रात आफ्नो निगरानी जारी राख्नेछौं,’ याङ्गोनका सडकमा गस्तीमा खटिएका एक यूवा म्यो को कोले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘हामी कसैलाई पनि विनाकारण पक्राउ गर्न दिनेछैनौं ।’

जुन्ता समूहले जेलमा रहेका कैदीहरूलाई रिहा गरी समुदायमा सैनिक सरकारको पक्षमा अभिमत सिर्जना गर्न पठाइएको सामाजिक सञ्जालहरूमा फैलिएको हल्लापछि प्रजातन्त्र पक्षधर अभियन्ताहरू गस्तीमा निस्केका एनएलडीले बताएको छ ।

सैनिक शासकले सैन्य कूको विरोध गर्नेहरुलाई २० वर्षसम्म जेल हाल्ने चेतावनी दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?