+
+
Shares

तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १६:१६

४ फागुन, सुर्खेत । तेस्रो बिहे गर्ने सल्यानका एक वडाध्यक्षको जाेडीलाई अदालतले कैद सजाय सुनाइएको छ ।

बहुविवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९, का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीका अनुसार न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग विवाह गरेकी ग्वामी विष्ट कुमाइलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला गरेको छ ।

वडाध्यक्षका घरमा दुई श्रीमती र ४ छोराछोरी छन् । मंसिर ३ गते बहुविवाह गरेका उनीहरूलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?