+
+

नेप्से परिसूचक करिब १० अंकले बढ्यो, बैंकमा लगानीकर्ताकाे आकर्षण कायमै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १५:१४

५ फागुन, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ ।

मंगलबार बैंकमै लगानीकर्ताहरुको धेरै आकर्षण देखिएको थियो । अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा पनि मंगलबार बैंकिङ र विकास समूह बढेको थियो । बुधबार पनि यो क्रम जारी नै रहेको छ । यद्यपि, बुधबार भने बढ्ने समूहमा व्यापार पनि थपिएको छ ।

व्यापार समूहको सवइन्डेक्स २.०२ प्रतिशतले वृद्धि भएको छ । यो नै आजको सबैभन्दा धेरै बढ्ने समूह हो । यसका अलवा अन्य समूहमा रहेका कम्पनीहरु र म्युचुअल फण्डको समेत सवइन्डेक्स उकालो लागेको छ ।

होटल, हाइड्रोपावर, फाइनान्स, बिमा र लघुवित्त समूहहरुको सबइन्डेक्स भने घटेको छ । कारोबार रकमका आधारमा बुधबार नेपाल इन्फ्रास्ट्रचर बैंक पहिलो नम्बरमा देखिएको छ । यसको ६९ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

नविल, ग्लोबल आइएमई र नेपाल बैंक कारोबार रकमका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो नम्बरमा छन् । तीन वटै बैंक मध्ये नविलको कारोबार रकम ४१ करोड रुपैयाँ माथि छ भने ग्लोबल आइएमईको ३६ करोड रुपैयाँ र नेपाल बैंकको ३५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ८ अर्ब रुपैयाँमै रोकिएको छ । मंगलबार १० अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार त्यो घटेर ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?