+

आईपीएलकै महंगा खेलाडी बने क्रिस मोरिस

२०७७ फागुन  ६ गते १६:३८ २०७७ फागुन ६ गते १६:३८
आईपीएलकै महंगा खेलाडी बने क्रिस मोरिस

६ फागुन, काठमाडौं । दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग आईपीएलको महंगा खेलाडी बनेका छन् । १४ औं संस्करणको आईपीएलका लागि चेन्नईमा अहिले भइरहेको अक्सनमा राजस्थान रोयल्सले मोरिसलाई १६.२५ करोड भारुमा अनुबन्ध गरेको हो ।

यसअघि दिल्लीले सन् २०१५ मा युवराज सिंहलाई १६ करोड भारुमा अनुबन्ध गरेको थियो । यस्तै विदेशी खेलाडीतर्फ भने अष्ट्रेलियाका प्याट कमिङ्स महँगा थिए । कमिङ्सलाई कोलकताले सन् २०२० मा १५.५० करोडमा अनुबन्ध गरेको थियो ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय