+
+
Shares

विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयो : पूर्वराजा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १८:००

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताएका हुन् ।

उनले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमा व्यस्त रहनुपरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले सामाजिक जीवनपद्धति र सबैको सन्तुलित खुसीमा नै प्रजातन्त्रको प्राण अटूट रहने भन्दै सबैले छातीमा माटो राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?