Comments Add Comment

युरोपा लिग : युनाइटेड र टोटनहमको शानदार जित, आर्सनल र लेस्टर रोकिए

७ फागुन, काठमाडौं । युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेग खेलमा इंग्लिस क्लबहरुको मिश्रित प्रदर्शन भएको छ । म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपरले शानदार जित हात पार्दा आर्सनल र लेस्टर सिटी बराबरीमै रोकिएका छन् ।

गएराति भएको खेलमा युनाइटेडले स्पानिस क्लब रियल सोसिडाडलाई ४-० ले हरायो । ब्रुनो फर्नान्डेजले दुई गोल गरेको खेलमा मार्कुस रासफोर्ड र ड्यानिएल जेम्सले एक-एक गोल गरे । ब्रुनोले २७औं र ५७औं मिनेटमा गोल गरेका थिए । यस्तै रासफोर्डले ६५औं र जेम्सले ९०औं मिनेटमा गोल गरे ।

यस्तै टोटनहमले वल्फ्सबर्गर एसीलाई ४-१ ले पराजित गरेको छ । लण्डन क्लब टोटनहमका लागि हेउन मिन सने १३औं, गारेथ बेलले २८औं, लुकास माउराले ३४औं र भिनसियसले ८८औं मिनेटमा गोल गरे । वल्फ्सबर्गर एलका लागि माइकल लिएन्ड्लले ५५औं मिनेटमा पेनाल्टीमा गोल फर्काए ।

उता अर्को लण्डन क्लब आर्सनल भने पोर्चुगिज क्लब वेनफिकासँग १-१ को बराबरीमा रोकिएको छ । ५५औं मिनेटमा पिज्जीले पेनाल्टीमा गोल गर्दै वेनफिकालाई पहिले अग्रता दिलाएका थिए । तर बुकाया साकोले ५७औं मिनेटमै आर्सनलका लागि बराबरी गोल फर्काए ।

लेस्टर भने स्लाभिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको छ ।

यस्तै अन्य खेलरुमा इटालियन क्लब रोमाले एससी ब्रागालाई २-० ले पराजित गरेको छ । अर्को इटालियन क्लब नापोली भने स्पानिस क्लब ग्रानडासँग २-० ले पराजित भएको छ । एसी मिलानले एफके क्रेना जेज्दासँग २-२ को बराबरी खेलेको छ ।

ओलम्पियाकोसले पिएसी आइन्डहोनलाई ४-२ ले पराजित गर्दा जर्मन क्लब बायर लेभरकुजन स्स क्लब योङ ब्वाइजसँग ४-३ ले पराजित भयो ।

यस्तै अयाक्सले लिलेलाई २-१ ले भियारियलले साल्जवर्गलाई २-० ले पराजित गरेको छ । शाख्तर डोनेस्कले मकाइ तेल अभिभलाई २-० ले नै पराजित गरेको छ । रेन्जर्सले रोएल एन्त्वर्पलाई ४-३ ले पराजित गरेको छ । होफेनहेइम र मोल्डेले ३-३ को बराबरी खलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment