+
+
Shares

बलिउडमा करिअर चम्किएपछि पूजाले किनिन् महंगो रकममा घर

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १३:५४

साउथकी सफल नायिका पूजा हेग्डेको करिअर बलिउडमा पनि चम्किरहेको छ । एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भैरहेकी छिन् । उनी, नायक सलमान खानसँग चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारीमा छिन् ।

उनी, नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि काम गर्दैछिन् । यस्तै, नायक प्रभाषसँग चलचित्र ‘राधे श्याम’मा पनि उनले काम गरेकी छिन् । बलिउडमा करिअर चम्किन थालेपछि र व्यस्तता बढ्न थालेपछि पूजाले मुम्बइको महंगो इलाका मानिने बान्द्रमा घर किनेकी छिन् ।

भारतीय मिडियाका अनुसार उनले आफ्नै कमाइले थ्री बीएचके घर किनेकी हुन् । नायिकाले आफ्नै कमाइले किनेको यो पहिलो घर हो । यो घरको डिजाइनमा पनि पूजाले समय दिइरहेकी छिन् । आफ्नै कमाइले किनेको घर भएकाले पनि उनले यसको डिजाइन, आकर्षक सामान खरिदका बिषयमा पुरा समय दिएकी छिन् ।

एकपछि अर्को चलचित्रको छायांकनमा व्यस्त भएपनि पूजाले घरका लागि समय दिइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?