Comments Add Comment

शेरधनलाई भीम आचार्यको चेतावनी : तागत भए प्रदेश भंग गरेर देखाउनुहोस्

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेशसभा भंग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग नभएको बताएका छन् ।

राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने बताए । ‘मुख्यमन्त्रीसँग तागत छ भने प्रदेशसभा भंग गरेर देखाउनुहोस्’ आचार्यले भने, ‘धम्की दिने कुचेष्टा नगरे हुन्छ ।’

अविश्वासको प्रस्ताव दर्ता भएको दुई महिनाको अवधिमा मुख्यमन्त्री राईले सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने काम गरिरहेको उनले बताए । ‘शुरुमा अविश्वासको प्रस्ताव सामना गर्छु भन्नुभयो । त्यसपछि धम्क्याउने काम शुरु भयो । तर, पार नलागेपछि भंग गर्ने चेतावनी दिन थाल्नुभएको छ’, आचार्यले भने ।

अल्पमतमा परेका मुख्यमन्त्री राई दुई महिनादेखि संसदबाट भागिरहेको उनले बताए । तर, अब धेरै भाग्न नसक्ने उनले बताए । अविश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी लगायतले पनि साथ दिने आचार्यले बताए ।

प्रदेशसभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने उनले बताए ।

नेकपा विभाजन पछि प्रचण्ड-माधव समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेको छ र आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

तर आचार्यले अविश्वासको प्रस्ताव पारित भएपछि मात्रै को मुख्यमन्त्री हुने भन्ने टुंगो लाग्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment