+
+
Shares

प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ८ गते २१:५०

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिँडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए ।

नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको छ,’ उनले भने, ‘म उहाँँलाई भन्न चाहन्छु, उहाँको पदले सरकारविरुद्ध भाषण गरेर हिँड्ने, संविधान मिचियो, प्रतिनिधिसभा विघटन गरेर बेठिक भयो भन्न मिल्छ ?’

चुनाव नगर्ने प्रष्टभूमिबाट आएपनि अब चुनावतिर आउनुस् भन्दै उनले व्यंग्य समेत गरे ।

प्रधानमन्त्री ओलीले सरकारसँग झगडिया बनेको भन्दै सभामुखको पनि आलोचना गरेका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा मुद्दा हालेका छन् । त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘उहाँ सरकारविरुद्ध मुद्दा हाल्न कुद्नु भएको छ । सरकार विरोधी झगडिया हो सभामुख ।’

उनले अघि भने, ‘सभामुखले झगडिया हुन सुहाउँछ ? सभामुख छानेको झगडिया हुन हो ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?