+
+

फेसबुकद्वारा म्यानमारको सेनाको प्रमुख पेज बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १३:१४
Photo Credit : REUTERS

९ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले म्यानमारको सेनाको प्रमुख पेज बन्द गरिदिएको छ । फेसबुकले आफ्नो हिंसा रोक्ने मापदण्डअनुसार सेनाको पेज बन्द गरिएको बताएको छ । म्यानमारमा दुई प्रदर्शनकारीको मृत्यु भएको घटनापछि फेसबुकले म्यानमारको सेनाको पेज बन्द गरिदिएको हो । म्यानमारको सेनाले फेब्रुअरी १ मा गरेको कूको विरोधमा अहिले निरन्तर प्रदर्शन भइरहेको छ ।

फेसबुकका एक प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी विश्वव्यापी नीतिअनुसार हामीले टाट्माडाव ट्रु न्युज इन्फरमेसन टिम पेज हटाएका छौं ।’ आइतबार उक्त पेज फेसबुकमा भेटिएको छैन । यस विषयमा प्रहरीका प्रवक्ताले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

पछिल्लो समय फेसबुकले मानव अधिकारको विषयलाई पनि संवेदनशीलरुपमा लिन थालेको छ । यसअघि सन् २०१८ मा पनि फेसबुकले म्यानमारका सेना प्रमुख मिन औंङ हालिङको पेज बन्द गरिदिएको थियो । त्यसका साथै अन्य १९ सेनाका अधिकारीहरुले चलाउने पेजहरु बन्द गरिएको थियो ।

यसअघि गत नोभेम्बरमा निर्वाचन हुनुभन्दा अगाडि फेसबुकले सेनाले सञ्चालन गरिरहेको ७० नक्कली खाता र पेज हटाएको घोषणा गरको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?