Comments Add Comment

जुलाइसम्म सबै वयस्क नागरिकलाई कोरोना खोप दिने बेलायतको तयारी

९ फागुन, काठमाडौं । बेलायतले आफ्नो मुलुकका सबै वयस्क नागरिकहरुलाई आगामी जुलाइको अन्तिमसम्मा खोप दिइसक्ने योजना बनाएको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस्तो जानकारी दिएका हुन् । यसअघि बेलायतले मुलुकका एक करोड ५० लाख मानिसले कोरोना खोप लिइसकेको बताएको थियो । अप्रिल १५ सम्ममा ५० वर्षमाथिका सबैलाई कोरोना खोप दिने बेलायतको लक्ष्य छ । यसअघि बेलायतले मे महिनाको अन्तिमसम्ममा ५० वर्षभन्दा माथिको उमेरसमूहका मानिसलाई कोरोना खोप दिइसक्ने अपेक्षा गरेको थियो ।

बेलायतको अहिलेको योजनाअनुसार जुलाइ महिनाभित्रै सबैलाई कोरोना खोप उपलब्ध भए यो निकै महत्वपूर्ण उपलब्धि हुनेछ । बेलायतको जनसंख्या ६ करोड ७० लाख छ । बेलायतले फाइजर र बायोएनटेकले संयुक्तरुपमा विकास गरेको र अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोपबाट मुलुकमा कोरोना खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । बेलायती विशेषज्ञहरुले दुई पहिलो र दोस्रो खोपबीचको अन्तर १२ साता राख्न मानिसहरुलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment