
अविश्वास प्रस्ताव पेश गर्दै प्रचण्ड माधव समूहका सांसद इन्द्रबहादुर आङ्बो ।
९ फागुन, विराटनगर । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।
राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो ।
आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ ।
अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् । अब अर्को बैठक फागुन २० गते दिउँसो १ बजे तोकिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4