Comments Add Comment

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

प्रतीकात्मक तस्वीर

९ फागुन, सुर्खेत । सुर्खेतमा ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । गोठीचौर गाउँपालिका–५, का मोटरसाइक चालक राजकुमार भण्डारी पक्राउ परेका हुन् ।

उनले वीरेन्द्रनगर–६ सिटीबसपार्कमा चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई पैसा दिन खोजेपछि पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

‘उहाँको मोटरसाइकलमा नम्बर प्लेट रहेनछ,’ उनले भने, ‘चेकजाँच गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको छ ।’

प्रमुख आचार्यका अनुसार उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment