+

युनाइटेड पुन: दोस्रो स्थानमा

२०७७ फागुन  १० गते ८:१७ २०७७ फागुन १० गते ८:१७
युनाइटेड पुन: दोस्रो स्थानमा

काठमाडौं । म्यानचेष्टर युनाइटेड पुन: प्रिमियर लिगको दोस्रो स्थानमै पर्किएको छ ।

आइतबार राति भएको खेलमा नयूकासल युनाइटेडलाई ३-१ ले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लेको हो । त्यसअघि लेस्टर सिटी एस्टन भिल्लालाई २-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो ।

तर न्युकासलविरुद्ध जितपछि युनाइटेड र लेस्टरले समान ४९ अंक जोडे पनि गोलअन्तरमा युनाइटेड अघि रहेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि मार्कुस रासफोर्डले ३०औं, ड्यानिएल जेम्सले ५७औं र ब्रुनो फर्नान्डेजले ७५औं मिनटमा गोल गरे । न्युकासलका लागि एलान सेन्ट म्याक्सिमले ३६औं मिनेटमा एक गोल गरे।

म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय