+

पीएसजी घरेलु मैदानमै पराजित

२०७७ फागुन  १० गते ८:२० २०७७ फागुन १० गते ८:२०
पीएसजी घरेलु मैदानमै पराजित

१० फागुन, काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै मोनाकोसंग पराजित भएको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग २-० ले पराजित भएको हो ।

पीएसजीलाई उसैको मैदानमा हराउन मोनाकोका लागि सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको मोनाको दोस्रो हाफमा पनि एक गोल थप्यो । ५१ औं मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २-० को जित दिलाए ।

जितपछि २६ खेलबाट ५२ अंक जोड्दै मोनाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ५४ अंक रहेको पीएसजी तस्रो स्थानमा छ । शीर्ष स्थानको लिले भन्दा पीएसजी ४ अंकले पछि छ । लिलेको ५६ अंक छ । यस्तै लियोन ५५ अंकसहित दोस्रो स्थानमा छ ।

पीएसजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय