Comments Add Comment

लिबियाका गृहमन्त्रीको हत्या प्रयास

Photo Credit : AFP

१० फागुन, काठमाडौं । लिबियाका शक्तिशाली गृहमन्त्री फाथी बासाघाको हत्याको प्रयास भएको छ । उनीनिकट स्रोतले दिएको जानकारीअनुसार राजधानी सहर ट्रिपोलीबाहिर उनीमाथि हत्याको प्रयास भएको हो । आइतबार उनी राष्ट्रिय आयल कर्पोरेसनका अध्यक्षसँगको बैठक सकेर ट्रिपोली फर्किँदै गर्दा उनका सहयोगीमाथि परिचित हतियारधारी समूहले आक्रमण गरेको हो ।

५८ वर्षीय गृहमन्त्री भने यो घटनामा सकुशल बच्न सफल भएका छन् । उक्त घटनामा संलग्न एक आक्रमणकारी मारिएका छन् भने अन्य दुईजना पक्राउ परेका छन् । पछिल्लो केही समययता बासाघा लिबियामा चरमपन्थी संगठनहरुलाई निशस्त्रीकरण गर्ने योजनामा अघि बढिरहेका छन् ।

सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीको पतनपछि राजनीतिक अस्थिरता तथा द्वन्द्व जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment