Comments Add Comment

दुई घण्टामै ८७ अंकले घट्यो नेप्से, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बजार नै राताम्मे देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ । कारोबार खुला भएको २ घण्टा अर्थात १ बजेसम्म नेप्से परिसूचक ८७ अंकले ओरालो लागेको छ ।

अघिल्लो साता दोस्रो बजारमा सूचीकृत भएर लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य मंगलबार १० प्रतिशतले घटेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ६६ रुपैयाँले घटेर ५ सय ९४ रुपैयाँमा झरेको छ ।

सबैभन्दा धेरै घट्नेमा हाइड्रोपावर समूह देखिएको छ । यो समूहको सब इन्डेक्स ४ प्रतिशतले भन्दा धेरैले घट्दा बैंकिङ समूह करिब ३ प्रतिशतले घटेको छ । नेप्सेमा कारोबार हुने अन्य सबै समूह ओरालो लागेका छन् । याे १ बजेसम्मकाे अपडेट हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment