+
+
Shares

पिलुवा खोला-३ जलविद्युत आयोजनामा लगानी गर्न लक्ष्मी बैंकले गर्‍यो सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १४:३६

लक्ष्मी बैंक लिमिटेड र माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाबीच सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने सम्बन्धि सम्झौता भएको छ ।

माबिलुङ्ग इनर्जी लिमिटेडको संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंक गरी २ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी सोमवार हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैयाँ ९३ करोड ७० लाख रहेको छ ।

माबिलुङ्ग इनर्जी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति२०७७ साल श्रावण ९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । माबिलुङ्ग इनर्जी लिमिटेडलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेड लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन । जसको अध्यक्ष राजेश लाल श्रेष्ठ रहेका छन् ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (६५ करोड ५९ लाख) र बाँकी ३० प्रतिशत कम्पनीको स्व. रहनेछ । उक्त आयोजनाको लागि सहभागी बैंकहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानी निम्न बमोजिम रहेकोछ :

– लक्ष्मी बैंक लि.को ३९ करोड ९९ लाख रुपैयाँ
– माछापुच्छे« बैंक लि.को २५ करोड ६० लाख रुपैयाँ

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि. ले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९÷२० को समीक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएका छन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?