+
+

प्रचण्डको दाबी : सर्वोच्चले संसद पुनर्स्थापना गर्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १५:०४

९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

२० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा प्रचण्डले भेरभोलि नै फैसला आउने बताए । ‘संवैधानिक निकायहरुले संविधानको मर्म र भावना अनुसार काम गर्नेछन् भन्ने विश्वास छ’ उनले अघि भने, ‘अब कुनै पनि बेला संविधान मिच्ने, संविधान र संसदलाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम सच्चिन्छ । संसद पुनर्स्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।’

उनले संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजाने समेत बताए । आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव लगेको स्मरण गर्दै प्रचण्डले भने, ‘भोलि पनि त्यसलाई परिमार्जित गर्दै लैजान सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?