Comments Add Comment

संविधानमाथि अपराध गर्नेहरुलाई दण्ड दिनुपर्छ : गगन थापा

फाइल तस्वीर

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा भएको बताएका छन् ।

सर्वोच्चको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो । त्यसबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘प्रधानमन्त्रीले नेपालमा सबैलाई मिलाउन सक्छु भन्ने ठान्नु भएको थियो । त्यसलाई सर्वोच्चले गलत सावित गर्दै संविधान र व्यवस्थाको पक्षमा निर्णय गरेको छ ।’

यसले सिंगो व्यवस्थाप्रति आशा भरोसा बढाएको उनले बताए । संसद पुनर्स्थापनासँगै बल संसदको कोर्टमा गएको र संसदले अड्किएको राजनीतिको निकास दिने थापाले बताए ।

उनले अघि भने, ‘संविधानमाथि अपराध गर्नेलाई दण्ड दिनुपर्छ । उनीहरुलाई दण्ड दिइएन भने भोलि पनि यस्तो दोहोरिन सक्छ ।’ संसद विघटन भएपछि मुलुक संविधानको पक्ष र विपक्षमा ध्रुविकरण भएको स्मरण गर्दै थापाले भने, संविधानको पक्षमा उभिने र नाफाको पक्षमा उभिनेहरुको कित्ताकाट भयो । कसले संविधान हेर्‍यो, कसले नाफा हेर्‍यो भन्ने कित्ताकाट भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment