+
+
Shares

ठोरीमा घरभित्रै पसेर चितुवाको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते ९:२३

१२ फागुन, काठमाडौं । पर्सामा चितुवाको आक्रमणमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा ६५ वर्षीय कुलबहादुर खत्री रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको चितुवाले मंगलबार राति उनको घरभित्रै पसेर आक्रमण गर्दा उनी घाइते भएका हुन् ।

राति करिब ८:३० बजेको समयमा घरभित्रै आगोतापेर बसिरहेको अवस्थामा खत्रीलाई चितुवाले आक्रमण गरेको प्रहरी चौकी सुवर्णपुरका असई इन्दिवर चौधरीले जानकारी दिए ।

‘घरभित्रै बसेर उनी आगोताप्दै गाईवस्तुलाई कुँडो पकाएर बसेका रहेछन् । त्यहीबेला एक्कासी घरभित्र पसेर चितुवाले उनलाई आक्रमण गरेको रहेछ,’ चौधरीले भने, ‘चितुवाले आक्रमण गरेपछि आत्तिएर उनी होहल्ला गरेपछि चितुवा भागेको रहेछ ।’

घाइते खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको उनले बताए । उनको मुख, हात र नाकमा २४ वटा टाँका लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?