Comments Add Comment

देउवालाई प्रचण्ड–माधवको खबरः हामी भेट्न आउँदैछौं

१२ फागुन, काठमाडौं । संसद् विघटनको निर्णय बदर भएपछि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनको कार्यक्रम छोडेर काठमाडौं आइपुगेका छन् । मंगलवार साँझ चितवन पुगेका प्रचण्ड र माधव नेपाल भर्खरै काठमाडौं आइपुगेका हुन् ।

राजनीतिक परिस्थिति फेरिएलगत्तै काठमाडौं आएका उनीहरुले विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । ‘को आउने भन्ने निश्चित भएको छैन, तर आउँछौं भनेर खबर पठाउनुभएको छ’, देउवाका स्वकीय सचिव भानु देउवाले भने । उनका अनुसार, दिउँसो अवेरतिर भेट हुने संभावना छ ।

अध्यक्षद्वयले देउवासँग चितवनबाटै फोनवार्ता गरेका थिए । नेकपा विभाजित भएको र संसद् पुनस्र्थापना गरिएकाले देउवासँगको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment