Comments Add Comment

क्रिस गेलको नजरमा टी–२० का तीन उत्कृष्ट खेलाडी

१२ फागुन, काठमाडौं । वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल टी–२० क्रिकेटमा रन मेसिनको रुपमा चिनिन्छन् । ४१ वर्षीय जमैकन भेट्रान खेलाडी आफूलाई दी युनिभर्स मान्छन् ।

टी–२० मा उनले १० हजार बढी रन बनाइसकेका छन् । टी–२० र गेल पर्यावाची जस्तै लाग्छ । तिनै गेलले टी–२० क्रिकेटको तीन खेलाडीको नाम बताएका छन् । ईएसपीएलले इन्स्टाग्राममा गेललाई विभिन्न २५ प्रश्न सोधेको थियो । जसमा टी–२० क्रिकेटमा शीर्ष तीन खेलाडीको नाम सोधिएको थियो । जवाफमा गेलले वेष्ट इन्डिजकै विकेटकिपर निकोलस पुरन र आन्द्रे रसेल अनि भारतका रोहित शर्माको नाम लिए । यस्तै टी–२० मा पहिलो दोहोरो शतक हान्न सक्ने खेलाडीको रुपमा आफैं रहेको गेलले बताए ।

उनले आफ्नो फ्रेन्चाइज टिम भए त्यसको नाम सिक्स मेसिन राख्ने पनि बताए । यसैगरी छक्का प्रहार गर्ने फेभरेट स्टेडियम चिन्नास्वामी स्टेडियम रहेको बताए । गेलले आफ्नो जीवनसँग सम्बन्धित चलचित्र बनेको खण्डमा जेमी फक्सले अभिनयमा न्याय गर्ने बताए ।

यस्तै टी–१० मा आफ्नो १० हजारमाथिको रन कीर्तिमान तोड्न सक्ने खेलाडीको रुपमा उनले काएरन पोलार्डलाई देखेका छन् । गेलले सबै खाले टी–२० क्रिकेटमा १३ हजार ६९१ रन बनाएका छन् । यस्तै पोलार्डले १० हजार ५७८ रन बनाएका छन् ।

गेललाई विराट कोहली र युवराज सिंहको पार्टी एकै पटक आए कुनमा जानुहुन्छ भनेर सोध्दा युवराजको पार्टीमा जाने बताए ।

यस्तै विकेटकिपिङ गर्दा धेरै बोल्ने विकेटकिपरमा पाकिस्तानको मोइन खान रहेको उनले बताए ।

गेललाई पहिलो टी–२० विश्वकपको ११७ रन र २०१३ को आइपीएलमा एकै खेलमा प्रहार गरेको १७५ रनमध्ये छान्न लगाउँदा ६६ बलमा प्रहार गरेको १७५ रन छाने । गेलले रोयल च्यालेन्जर्सका लागि खेल्दै कोचीविरुद्ध अविजित १७५ रन प्रहार गरेका थिए ।

यस्तै अहिलेसम्म पेस गरेको उत्कृष्ट बलर को हो भन्ने प्रश्नमा गेलले भने, ‘अहिलेसम्म जन्मेकै छैन ।’ गेलले जस्तोसुकै बलरलाई छक्का र चौकाको वर्षा गराउँदै आएका छन् ।

गेलले टी–२० मा कुल २२ शतक प्रहार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment