Comments Add Comment

१५ चैतदेखि त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र खुल्ने

१२ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अगि्रम मिति समेत तय भएको छ ।

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ ।

तर, उडान-अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको उनले जानकारी दिए । कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेको छ ।

अन्तर्राष्ट्रिय उडानमा भने अपेक्षित वृद्धि हुन सकेको छैन । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन नबढेको हो ।

प्रवक्ता कर्णका अनुसार विमानस्थल भने अब रातको साढे १२ बजे बन्द हुनेछ । बिहान साढे ६ बजे मात्र खुल्नेछ । यसबीचमा रातको समयमा उडान-अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकुन भन्ने उद्देश्यले अगि्रम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानाएको छ ।

अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान गर्छ ।

दैनिक औसत २३० उडान-अवतरण

काठमाडौं विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान-अवतरण भइरहेका छन् । यसमध्ये १५ उडान अन्तर्राष्ट्रियतर्फ भएका छन् । १ सय १५ हाराहारी आन्तरिक उडान छन् ।

त्यति नै संख्यामा जहाज अवतरण गर्दा यो संख्या २३० पुग्छ । प्रवक्ता कर्णका अनुसार आन्तरिक उडानमा यात्रु संख्या समेत सन्तोषजनक रहेको छ ।

तर, अन्तर्राष्ट्रिय उडानमा भने सोचेजति यात्रु बढ्न सकेका छैनन् । अध्यागमन विभागको आकडाअनुसार मंगलबार त्रिभुवन विमानस्थलबाट १६३७ अन्तर्राष्ट्रिय यात्रु नेपाल भित्रिए । यस दिन १३१३ जना यात्रु भने नेपालबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment