Comments Add Comment

मेयर कप क्रिकेट फागुन २२ देखि, ५ टिमले प्रतिस्पर्धा गर्ने

१२ फागुन, काठमाडौं । मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा हुने प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले फागुन २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका चार टीम एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतियोगितामा सोझै प्रवेश पाएको छ । त्यसपछि बाँकी ६ प्रदेशको संयुक्त टिमलाई पनि प्रतियोगितामा समावेश गराउने क्यानले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ दिने गरी यसअघि नै सम्झौता भइसकेको छ । यही प्रतियोगिताका लागि तयारी गर्न क्यानले क्रिकेट टिमको बन्द प्रशिक्षणसमेत स्थगित गरेको छ ।

५० ओभरको यस प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइने क्यानका सचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरलाई जानकारी दिए । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment