+
+

मकवानपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते ८:३७

१३ फागुन, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा आज बिहान ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।

ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा-११ थानाभर्‍याङका ३६ वषर्ीय खेमलाल श्रेष्ठको मृत्यु भएको हो ।

चुरेहिलल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनमा मोटरसाइकल चालकको मृत्यु

यसैगरी चितवनको भरतपुर महानगरपालिका १२ प्रगतीचोकमा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा सर्लाहीको ईश्वरपुर नगरपालिका १० का २५ वर्षीय चिरन चौधरीको मृत्यु भएको हो ।

प्रगतिचोकबाट गोन्द्राङतर्फ जाँदै गरेको ना ३८ प ५२६८ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे आठ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?