Comments Add Comment

सुनको भाउ तोलाको ८९,३०० रुपैयाँ

फाइल तस्वीर ।

१३ फागुन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँ घटेको थियो । महासंघले तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार १३४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment