Comments Add Comment

ड्रागनजस्तो देखिनका लागि यी युवकले बनाए यस्तो जिउ

काठमाडौं । जिन्दगीमा आफ्नो शौख पूरा गर्नका लागि कतिपय मानिसहरु जुनसुकै हदसम्म जान तयार हुन्छन् । क्यानडाका एक युवकले आफ्नो स्वरुपलाई ड्रागनजस्तो बनाउनका लागि जुन हर्कत गरेका छन् त्यो डरलाग्दो छ ।

क्यानडाको भ्यानकुभरमा बस्ने जोशुआ बन्र्स नामका ती ३० वर्षीय युवक आफ्नो लुक्सका कारण सोसल मिडियामा भाइरल नै छन् । उनी ड्रागनजस्तो देखिन चाहन्छन् र आफ्नो त्यो इच्छा पूरा गर्नका लागि कैयन् पटक शरीरको शल्यक्रिया गरिसकेका छन् । त्यसका लागि उनले २० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिसकेका छन् ।

आफ्नो घरपालुवा सर्पजस्तो देखिनका लागि गरेको सर्जरीका कारण उनले रियल लाइफ ड्रागन बनिसकेका छन् । उनले आफ्नो सरीरको छाला मात्र होइन कान र नाकको आकार समेत परिवर्तन गरिसकेका छन् ।

छालामा सर्पको टाटेपाटे बनाएका छन् । जिब्रो तथा कान काटेर तथा सिलाएर अनौठो आकारको बनाएका छन् । यतिमात्र कहाँ हो र ? उनले आफ्नो टाउकोमा समेत सिंग निकालेका छन् ।

जोशुआ स्नेक म्यानको नामले पनि चर्चित छन् । उनको त्यो स्वरुप देखेर जो कोही डराउँदछ । आफ्नो पिठ्यूँमा पनि उनले अनौठो खाले टाटु बनाएका छन् जुन सर्प आकारको छ । उक्त टाटु बनाउनका लागि ५१ घण्टाको समय लागेको थियो ।

आफ्नो अनौठो इच्छाको पूर्तिका लागि सरीरलाई अनौठो ढंगले बदलेका जोशुआको त्यो कार्य धेरैलाई मन नपर्न सक्दछ । तर उनकी गर्लफ्रेण्डलाई चाहिँ त्यो निकै मन परेको छ अरे । आफ्नो प्रेमीले यस्तैखाले कुनै उटपट्यांग काम गरिरहोस् भन्ने उनको चाहना छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment