Comments Add Comment

किन र कसको लागि जरुरी छ गुल्टेन फ्रि खाना ?

हामीले गहुँको पिठोबाट बनेका अन्य धेरै परिकारहरु दैनिक रुपमा खाइरहेका हुन्छौं । खानाको दैनिक आधार मानिने अनाज गहुँमा कुनै घातक चीज मिसिएको हुन्छ भन्ने थाहा भएमा तपाई के गर्नुहुन्छ ?

यदि अचानक डाक्टरले गहुँको रोटी नखान सल्लाह दिए भने पक्कै पनि तपाई आश्चर्यचकित हुनुहुनेछ । किनभने गहुँ धेरै मानिसले प्रयोग गर्ने अनाज हो ।

यसले २० प्रतिशत भन्दा धेरै उर्जा र पोषकतत्वको आपूर्ती गर्छ । सदियौंदेखि खाँदै आएको गहुँको रोटीमा यस्तो घातक कुरा के हुन्छ त ?

खासमा यसमा हुने घातक पदार्थ भनेको ग्लुटेन नामक एक प्रकारको प्रोटिन हो । ग्लुटेन गहुँ, जौ, रायोमा पाइन्छ र यी अनाजबाट बन्ने सबैप्रकारका परिकारहरुमा ग्लुटेन हुन्छ ।

जुन अनाजमा ग्लुटेन प्रोटिन पाइँदैन त्यसको आँटालाई मुछेर रोटी बनाउन कठिन हुन्छ । ग्लुटेन सेलिएक रोगबाट पिडित मानिसहरुको लागि धेरै नै खतरनाक हुन्छ ।

सेलिएक रोगबाट पिडित मानिसहरुले गहुँको रोटी खानाले ग्यास्ट्राइटिस, पेट दुख्ने, आन्द्रा सुन्निने, झाडापखाला, वान्ता, माइग्रेन र जोर्नीहरुको दुखाई जस्ता समस्या उत्पन्न हुन्छ ।

सेलिएक रोगले सिधै सानो आन्द्राको पाचनक्रियालाई प्रभावित गर्छ । चिकित्सकहरुकाअनुसार सेलिएक रोग एक उपचार गर्न नसकिने रोग हो जसबाट बँच्नको लागि गहुँबाट बनेको खानेकुरा खान प्रतिबन्ध गर्नु नै एकमात्र उपाय हो ।

यसै कारण आजकाल बजारमा ग्लुटेन फ्रि आँटा पनि पाइन थालेको छ । जसलाई सेतो चामलको आँटा, आलुको स्टार्च, नुन आदी मिसाएर बनाइन्छ ।

चिकित्सकहरु सेलिएक रोगबाट गहुँबाट हुने रोगबाट बँच्न कालो चना, मकै, तिल, चामल, कोदो, भट्मास, बदाम, ओखर, पेस्ता आदि बाट बनेका खानेकुराहरु खाने सल्लाह दिन्छन् ।

ग्लुटेन फ्रि खानेकुराले तपाईको सिस्टमबाट ग्लुटेन निकाल्म मद्धत गर्छ । यसले ग्लुटेनको कारणले हुने खालको नोक्सानबाट तपाईको सानो आन्द्रालाई आराम दिन्छ । तपाईमा सेलिएक रोगको कत्तिको समस्या छ त्यसको गम्भिरता अनुसार तपाईलाई ग्लुटेन फ्रि खानेकुराले राम्रो गर्न समय लाग्छ ।

सिलिएक रोग

सिलिएक एक वंशाणुगत रोग हो । यसबाट पीडित मानिसहरुलाई गहुँ, जौको पिठोमा पाइने ग्लुटेन नामक प्रोटिनबाट एलर्जी हुन्छ । यी जीजहरुबाट बन्ने पदार्थहरु पिडित मानिसहरुले पचाउन सक्दैनन् ।

ग्लुटेनबाट हुने एलर्जीले विशेषगरि आन्द्रालाई प्रभावित गर्छ । यो रोग मुख्य रुपमा बच्चाहरुमा हुन्छ । समयमा उपचार नगराएमा यो रोगले ठूलो भएपछि पनि सताइरहन्छ र गाह्रो बनाइन्छ ।

यसको मुख्य लक्षणमा पेट फुल्ने र बच्चाको विकास रोकिने रहेको छ । त्यस्तै एनिमिया, रिकेट्स, कद छोटो हुने र शरिर कमजोर हुने पनि यो रोगको लक्षण हुन सक्छ । रोग लामो समयसम्म पनि रहिरहेमा आन्द्राको क्यान्सर अर्थात लिम्फोमाको खतरा हुन्छ ।

ग्लुटेन भएका खोनकुराहरुबाट टाढा रहन सबैको लागि धेरै कठिन हुन्छ । खासगरि दुःख त्यतिखेर हुन्छ जब तपाई कुनै पार्टी वा अन्य कुनै कार्यक्रममा हुनुहुन्छ । यस्तोमा ग्लुटेन फ्रि खानेकुरा खासै पाइँदैन । तपाई ग्लुटेनलाई लिएर सेन्सेटिभ हुनुहुन्छ भने तपाईको समस्या हामी बुझ्न सक्छौं ।

१. स्टोरमा ग्लुटेन फ्रि खानेकुरा रोज्न

यस्ता मानिसहरुलाई स्टोरमा स्टोरमा गएर ग्लुटेन फ्रि खानेकुरा खोज्न धेरै गाह्रो हुन्छ । यसको लागि हरेक चीजको लेबल ध्यानदिएर पढ्नुपर्छ । साँच्चै नै यो मुस्किल काम हो तर यो उनीहरुको बाध्यता हो ।

२. मानिसहरुलाई ग्लुटेनको बारेमा बुझाउन

ग्लुटेन एक प्रोटिन हो जुन गहुँ, जौमा पाइन्छ भनेर धेरैलाई थाहा हुँदैन  । ग्लुटेन प्रति संवेदनशिल मानिसहरुले दैनिक कम्तीमा पनि १० जनालाई यस बारेमा बुझाउन पर्छ ।

३. ग्लुटेन फ्रि खानेकुराले तौल कम हुन्छ भन्ने भ्रम

ग्लुटेन फ्रि खानेकुरामा कम क्यालोरी हुन्छ भन्ने भ्रम धेरै मानिसहरुलाई हुन्छ तर, यो सत्य होइन । ग्लुटेन फ्रि खानाले तौल कम हुँदैन ।

४. ह्वाइट ब्रेड मन नपर्ने

ह्वाइट ब्रेडमा ग्लुटेन हुन्छ । ग्लुटेन फ्रि ब्रेड अर्कै हुन्छ । र जब तपाईलाई मुखमा राखेपछि मात्रै थाहा हुन्छ र यतिबेला धेरै रिस उठ्छ ।

५. ग्लुटेन फ्रि खानेकुरा मात्रै पाइने रेष्टुरेन्ट खोज्न

धेरै जसो रेष्टुरेन्टमा पाइने खानेकुराहरुमा ग्लुटेन हुन्छ । यस्तोमा ग्लुटेन फ्रि खानेकुरा पाइने ठाउँ भएमा तपाईलाई यस्तो ठाँउ मनपर्छ । किनभने यहाँ आफूले अर्डर गरेको खानामा ग्लुटेन छ कि छैन भनेर वेटरसँग सोध्नै पर्दैन । तर, यस्ता रेष्टुरेन्टहरु कमै भेटिन्छन् ।

६. सम्हालिएर खान

जब तपाई आफ्नो साथीहरुसँग हुनुहुन्छ वा कुनै सामाजीक भेटघाटमा हुनुहुन्छ तपाईलाई पनि साथीहरुले जस्तै केहि स्वादिलो परिकार खाने मन हुन्छ । तर, यस्तो बेलामा खानेकुरामा हुने ग्लुटेनको बारेमा सोच्नुपर्ने हुन्छ । तपाईले साथीहरुसँगै रमाइलो गर्दै केहि खान चाहेपनि बाध्यताको कारण  खान पाउनुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment