Comments Add Comment

साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति

१४ फागुन, सुर्खेत । सुर्खेतको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको उक्त क्याम्पसले साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो ।

विद्यार्थीहरू हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले बताए । ‘विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्न र वातावरण प्रदूषण कम गर्न हामीले यो अभियान थालेका हाै‌‌,’ क्याम्पस प्रमुख सुवेदीले भने, ‘विद्यार्थीबाट सुरू भएको यो अभियानबाट आमनागरिकले पनि सिक्ने छन्, त्यसैले साइकलमा क्याम्पस-घर जाने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं ।’

यो अभियानले पर्यावरणीय सन्तुलनसँगै इन्धनको समेत बचत हुने सुवेदीको विश्वास छ । क्याम्पस प्रमुख सुवेदीका अनुसार साढे ४ सय विद्यार्थी अध्ययनरत सिद्धपाइला क्याम्पसमा ४-५ जना विद्यार्थीले मात्रै साइकल चढ्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment